नियम २८
निवेदनपत्र, पुनरावेदनपत्र दाखिल गर्ने
  निवेदनपत्र, पुनरावेदनपत्र वा अरु कुनै लिखत न्यायाधिकरणमा दर्ता गराउने पक्ष वा वारिसले यस सम्बन्धमा स्रेस्तेदारले तोकेको समयभित्र र कर्मचारी छेउ निजको सामुन्ने सही गरी दाखिल गर्नु पर्छ । म्याद जानेमा न्यायाधिकरण बसुञ्जेल ल्याएमा तोकेको समय नाघे पनि दर्ता गर्नुपर्छ ।